नियम ६१
विनियम तथा निर्देशिका वनाउन सक्ने
(१) परिषद्ले परिषद्का पदाधिकारी तथा कर्मचारीहरूको सेवाका शर्त र सुविधा सम्बन्धी विनियम बनाइ मन्त्रालयको स्वीकृति प्राप्त गरी लागू गर्न सक्नेछ ।
(२) परिषद्ले यस नियमावलीको अधीनमा रही नियमावलीको कार्यान्वयन गर्ने प्रयोजनको लागि निर्देशिका बनाइ लागू गर्न सक्नेछ ।